आज रातिदेखि तनहुँमा निषेधाज्ञा
दमौली– कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि तनहुँ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले आज राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा आदेश जारी गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको केन्द्रको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति तनहुँको संयोजनमा सोमबार बसेको पालिका प्रमुखहरुको बैठकले तीन दिनभित्र निषेधाज्ञा गर्न सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।
नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको जोखिम बढिरहेका बेला निषेधाज्ञा गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सहायक प्रजिअ बरालका अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७ र ८ तथा घिरिङ गाउँपालिकाका सम्पूर्ण वडाबाहेक अन्य क्षेत्रमा अतिआवश्यक कार्य र सेवाबाहेकका कार्य र सेवा गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।
बैठकमा भारत र अन्य मुलुकबाट आउने व्यक्तिको निगरानी राख्न वडास्तर र टोलस्तरमा यसअघि गठन भएका समितिलाई पुनः सक्रिय बनाउने, उनीहरुलाई निगरानीमा राख्न १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएको छ । स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख संयोजक रहेको होम क्वारेन्टिन र होम आइसोलेशन तोक्ने एवं अनुगमन गर्ने समितिलाई पुनः सक्रिय बनाई समय–समयमा अनुगमन गरी व्यवस्थित र अनुशासित बनाउने एवं अनुगमनमा स्थानीय शिक्षक कर्मचारीलाई समेत परिचालन गराउने निर्णय बैठकले गरेको छ । बैठकले पिसिआर परीक्षणको दायरा बढाउन, शव व्यवस्थापनका लागि सबै व्यवस्थापकीय तयारीमा राख्न स्थानीय तहलाई अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी