सिरहामा आंशिक निषेधाज्ञा
कोभिड–१९ को सङ्क्रमण बढ्दै जाँदा सिरहामा पनि आंशिक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति डिसीसीएमसी को बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि सिरहा जिल्लाभरि आंशिक निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
वैशाख २३ गतेदेखि भाडाका यात्रुबाहक तथा परिचयपत्रधारी कर्मचारी बाहेकको निजी सवारी साधन गते अनुसार जोर–बिजोरमा मात्र चल्ने निर्णय गरेको छ । यस्तै खाद्यान्न, फलफूल र तरकारी पसल बिहान ६ बजे अपराह्न ५ बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ ।
सैलुन र जिमखाना सञ्चालन गर्न नदिने निर्णय पनि बैठकले गरेको छ भने पूर्वनिर्धारित विवाह स्थानीय तहको अनुमति लिएर मात्र २५ जनाको सहभागितामा स्वास्थ्य मापदण्ड पालना गरेर गर्नुपर्ने निर्णय भएको डिसीसीएमसी सिरहाका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिए । यस्तै भारतसँग जोडिएका जिल्लाका सबै नाका बन्द गरिएकाले यसलाई कडाइका साथ कार्यान्वयन गरिने निर्णय भएको जनाएको छ । सिरहामा मङ्गलबार एकैदिन ४३ नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १२९ पुगेको छ भने चार जनाको मृत्यु भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
मुख्यमन्त्री कँडेलले बुझाए अर्थमन्त्री र ऊर्जामन्त्रीलाई ध्यानाकर्षण पत्र
-
सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी
-
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
-
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु