शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शम्भुजित र मन्जुले गाए ‘पार्‍यो माया जालैमा’

बुधबार, २२ वैशाख २०७८, १० : ४१
बुधबार, २२ वैशाख २०७८

लेजेन्ड संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् ।
शम्भुजितको स्वर दशकौ अगाडिका गीतमा जस्तो थियो यसमा पनि त्यस्तै सुन्न सकिन्छ । रोमान्टिक शैलीमा तयार गीतको शब्द, संगीत र स्वरको मिश्रण एकदमै राम्रो छ । 

गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईको अभिनय देख्न सकिन्छ । कोरस समेत प्रयोग गरिएको भिडियोमा  बुद्ध थापाको छायाँकन  र नवीन निरौलाको सम्पादन छ ।

दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्साइएको गीत श्रोता तथा दर्शकको रोजाइमा पर्ने गायक तथा संगीतकार शम्भुजितले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप