अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ
मङ्गलबार, २१ वैशाख २०७८, २२ : ५९
महोत्तरी । अक्सिजन सिलिन्डर तस्कर गरी लैजाँदै गरेको आरोपमा महोत्तरीको सिमावर्ती क्षेत्रबाट ३ जना पक्राउ परेका छन् । धनुषा हुँदै महोत्तरीबाट भारततर्फ अक्सिजन सिलिन्डर तस्करी गरेको आरोपमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ का ३६ वर्षीय जमरुदिन राईन, जनकपुरधाम २ का ५० बर्षीय दिनेशकुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका ६ का विपिन चौधरी लाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार प्र २–०२–००१ च ०३ १७ नम्बरको गाडीमा २ थान ७÷७ किलो अक्सिजन भरिएका सिलिण्डर भारततर्फ लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ स्थित थरुवाहीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
सोमबार राति भारततर्फ अक्सिजनको सिलिन्डर लगिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा