बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा वैशाख २३ गतेदेखि निषेधाज्ञा

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ४९
मङ्गलबार, २१ वैशाख २०७८

बारा । बारा बैशाख २३ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ ।  मंगलबार कलैयामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बारा र पालिका प्रमुखहरुबीच भएको संयुक्त बैठकले वैशाख २३ गते बिहान ६ बजेदेखि लागू हुने गरी अनिश्चितकालिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने बताएका छन् ।

पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै परे जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ । त्यस्तै खाद्यान्न, सागसब्जी, माछामासु, औषधी उपकरण बिक्री गर्ने बाहेकका पसल शनिबार बाहेक प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म मात्र स्वास्थ्यका मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरिएको छ । साथै विज्ञप्तिमा हाटबजार, मेला र जात्रा जस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप