बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

कोरोनाबाट काभ्रेमा ७ जनाको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ३१
मङ्गलबार, २१ वैशाख २०७८

काभ्रे । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा आज सात जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत चार कोरोना सङ्क्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत तीनको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरकी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् । मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ । 

पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकै दिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप