शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्योकुसिन कराते खेलाडी बज्राचार्यको निधन

मङ्गलबार, २१ वैशाख २०७८, २२ : ०२
मङ्गलबार, २१ वैशाख २०७८

कोरोना भाइरसको संक्रमणबाट क्योकुसिन कराते पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको निधन भएको छ । उनको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो ।

यही वैशाख १६ गते कोरोनाबाट संक्रमित भएपछि ६६ वर्षीय बज्राचार्यलाई गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएकामा निको नभएपछि वैशाख १९ गते थप उपचारका लागि सशस्त्र प्रहरी  अस्पताल लगिएको ओलम्पियन दीपक महर्जनले जानकारी दिए । 

बज्राचार्यले सन् १९८२ मा सिंगापुर तथा सन् १९८४ मा इण्डोनेसियामा सम्पन्न अल एसिया फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसियामा सम्पन्न प्रतियोगितामा उनले कास्य पदक प्राप्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप