शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थप ४२९ जनामा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २१ वैशाख २०७८, २० : ५३
मङ्गलबार, २१ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा थप ४२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशस्थित विभिन्न प्रयोगशालामा २४ घण्टामा ९०३ जनाको पीसीआर परिक्षण गर्दा ४२९ जनामा संक्रमण देखिएको हो । प्रदेशका ९ जिल्लाका संकास्पद ब्यक्तिको स्वाब परिक्षणका क्रममा गएको २४ घण्टामा कास्कीमा ३ सय १० र प्रदेशका अन्य ८ जिल्लाहरुमा ११९ सहित २२९ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोद विन्दु शर्माले बताए । 

उनका अनुसार नयाँ संक्रमितहरुमा पोखरा महानगरपालिकामा ३ सय १० जनामा संक्रमण भेटिएको छ । त्यस्तै नवलपरासी पूर्वका ५१ जना, बाग्लुङका ३३, तनहुँ १६, लमजुङ ८, स्याङजा ५, मुस्ताङमा ४, पर्वत र म्याग्दीमा एक÷एक जनामा संक्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १९ हजार ८५३ पुगेको छ ।

मंगलबार प्रदेशमा ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा संक्रमण मुक्त हुनेको संख्या १७ हजार ७२ रहेको छ । गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ५४६ रहेको छ । प्रदेशमा २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की, पर्वत र म्याग्दीका एक/एक जना रहेका छन् । उनीहरु सबैको उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।  योसँगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ३५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप