शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिड अस्पताल’ मा रुपान्तरण भएको नर्भिकले बेड थप्ने तयारी गर्दै

मङ्गलबार, २१ वैशाख २०७८, २० : ३९
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । राजधानीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले ‘कोभिड अस्पताल’का रुपमा रुपान्तरण भएसँगै बेड थप्ने तयारी गरेको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिष्कृत गर्दै लगेको छ । बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको उनले प्रस्ट पारे ।

नर्भिकले केही दिनदेखि आफूलाई ‘कोभिड अस्पताल’को रुपमा रुपान्तरण गर्दै सेवा दिन सुरु गरेको उनले जनाए । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै ठूला अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरणका लागि गरेको घोषणाको स्वागत गर्दै सिंहले कोभिड संक्रमणको दोश्रो लहर सुरु भएसँगै यो अवस्थाको आँकलन गरी नर्भिक अस्पतालले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरिसकेको जनाए ।

‘सरकारले समेत सोही अनुसारको घोषणा गरेकोमा हामी खुशी छौं,’ सिंहले भने, ‘अब अरुले पनि आफ्नो सेवालाई कोभिड केन्द्रीत गर्नुपर्ने देखिएको छ ।’ कार्यकारी निर्देशक सिंहका अनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शय्यामध्ये ९० शय्या कोभिड शय्याको रुपमा रुपान्तरित भइसकेका छन् । ती ९० शय्या कोभिडका बिरामीले भरिएको पनि उनले जानकारी दिए ।

नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको उल्लेख गर्दै उनले अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ रहेको बताए । उनले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप