शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा पीसीआर परीक्षण गरिएका शत प्रतिशतमा संक्रमण पुष्टि

मङ्गलबार, २१ वैशाख २०७८, १८ : ३७
मङ्गलबार, २१ वैशाख २०७८

 गुल्मीमा पीसीआर परीक्षण गरिएका शत प्रतिशत अर्थात् सबैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका अनुसार ११७ जनाको पीसीआर परीक्षण गरिएकोमा ती सबैमा संक्रमण पुष्टि भएको हो । यस्तै ४९९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २१७ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै जिल्लामा कोरोना संक्रमणको दोस्रो लहरमा संक्रमितको संख्या ३३४ पुगेको हो ।

जिल्लाका १२ वटा पालिकामध्ये रेसुङ्गा नगरपालिकामा सर्वाधिक संक्रमित छन् । सो पालिकामा ११७ जना संक्रमित छन् । तीमध्ये १३ जना पीसीआर रिपोर्टका आधारमा पोजेटिभ देखिएका हुन् भने एन्टिजेन परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर ८ थप जोखिममा छ ।

यस्तै, मुसिकोट नगरपालिकामा पीसीआर पोजेटिभ ७, एन्टिजेन परीक्षणमा ३८ संक्रमितसहित कुल ४५ जना संक्रमित भेटिएका छन् ।

मालिका गाउँपालिकामा पीसीआर पोजेटिभ ४ जना र एन्टिजेन ७ सहित ११ जना संक्रमित छन् भने एक जना निको भइसकेका छन् ।

मदाने गाउँपालिकामा ८ जना पीसीआर पोजेटिभ छन् भने एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका ५ सहित १३ जना संक्रमित छन् ।

यस्तै, धुर्कोट गाउँपालिकामा २२ जना संक्रमित छन् भने कालिगण्डकी गाउँपालिकामा ८ जना, चन्द्रकोट गाउँपालिकमा ५ जना, सत्यवती गाउँपालिकामा ३० जना संक्रमित छन् ।

रुरुक्षेत्र गाउँपालिकामा ३४ जना संक्रमित फेला परेका छन् भने छत्रकोट गाउँपालिकामा २५ जना, इस्मा गाउँपालिकामा ५ जना र गुल्मीदरवार गाउँपालिकामा १९ जना संक्रमित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप