शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किशोरीलाई बलात्कार गरेको आरोपमा बाराबाट एकजना पक्राउ

मङ्गलबार, २१ वैशाख २०७८, १८ : १४
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । बाराको निजगढ नगरपालिका–७ बाट प्रहरीले बलात्कार आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ घर भएका ३५ वर्षीय हितलाल हजारा छन् । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मंगलबार बिहान उनलाई पक्राउ गरिएको हो ।

‘विवाह गर्छु’ भनेर फकाएर हितलालले किशोरीलाई शुक्रवार निजगढ–७ स्थित केराबारीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप