शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा थपिए ६५ जना कोरोना संक्रमित

मङ्गलबार, २१ वैशाख २०७८, १८ : ०४
मङ्गलबार, २१ वैशाख २०७८

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ६५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए । 

संक्रमण पुष्टि हुनेहरुमा मकवानपुर स्थायी घर भएका ६३ जना रहेका छन् भने रौतहट र बारा जिल्ला निवासी १÷१ जना रहेका छन् । 
कूल ११० जना स्वाब संकलन गरी एन्टिजिन र पिसिआर प्रविधिबाट गरिएको कोरोना परीक्षणमा ६५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । 

संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकाका ५७ जना रहेका छन् । त्यस्तै  थाहा नगरपालिकाका, भीमफेदी गाउँपालिकाका १÷१ जना र मकवानपुरगढी गाउँपालिकाका ४ जना रहेका छन् । 
जनस्वास्थ्य अधिकृत चौलागाईंका अनुसार हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ का १८ जना, वडा नम्वर १ र ९ का ६÷६ जना, वडा नम्वर २ का ४ जना, वडा नम्वर ४ का ५ जना, वडा नम्वर ६,१४ र १५ का १/१ जना, वडा नम्वर ८,११ का २÷२ जना, वडा नम्वर १०,१८ को ३÷३ जना र वडा नम्वर १७ को ५ जना रहेका छन् ।

मकवानपुरमा कोरोना संक्रमण दर ५९ प्रतिशत रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप