कोरोनाको त्रासदी : पशुपतिमा देखिएको भयावह दृष्य

काठमाडौं । पछिल्लो समय कोरोना महामारीले देश आक्रान्त छ । कोभिड १९ बाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या देशमा दिनहुँ बढ्दैछ । पशुपतिनाथको मन्दिरमा पूजा, आरतीलगायत गतिविधि ठप्प भएपनि यहाँस्थित आर्यघाटमा शवको संख्या दैनिक बढिरहेको छ । कोभिड लागेका व्यक्तिहरुको अन्त्येष्टिका लागि नेपाली सेनाले तयार गरेको शव दहसहित नन–कोभिड बिरामीहरुको अन्त्येष्टी गरिने शवदाहमा अन्त्येष्टिका लागि पालो कुर्नुपर्ने अवस्था छ ।
कोभिड १९ बाट ज्यान गुमाएका व्यक्तिहरुको अन्त्येष्टि सेनाले नै गरिरहेको छ । परिवारका सदस्यहरुले सामान्य श्रद्धाञ्जली व्यक्त गर्नेबाहेक सबै रीत पु¥याएर अन्त्येष्टी पनि गर्न पाएका छैनन् । शव आउने क्रम बाक्लिएकाले बागमती किनारमा दाहसंस्कार गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यद्यपि, विद्युतीय शव दाह गृहमा समस्या देखिने गरेकोले पनि बागमती किनारमा शव जलाउन लागिएको कोषको भनाई छ । मंगलबार मात्र कोरोना संक्रमणका कारण देशभर ५५ जनाको मृत्यु भएको छ भने ७६६० जनामा संक्रमण पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गोल्डकप : पहिलो सेमिफाइनलमा भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बाजारबिच प्रतिस्पर्धा
-
कर्णालीका स्वास्थ्य संस्थामा जनशक्तिको अभाव
-
श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह
-
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?