ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय
अरु दलसँग पनि संवाद गरेर माहोल बनाउने
मङ्गलबार, २१ वैशाख २०७८, १७ : ४३

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले रातोपाटीलाई बताए ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ ।
मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य
-
रवीन्द्र मिश्रलगायतको रिहाइ माग गर्दै १२ दिनदेखि रिले अनशन