बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, १६ : ५०
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चालकसहित ५ जनाको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) योगेन्द्रसिंह थापाले रातोपाटीलाई बताए । 

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी, डम्बर सिंह भण्डारी, हिक्मतसिंह भण्डारी र ४० वर्षीय दिपक सिंह भण्डारी छन् । जिप चालक दशरथचन्द नगरपालिका–४ घर भएका वर्ष ४५ का तेज बहादुर बोहराको पनि मृत्यु भएको छ । 

चट्याङ लागेर ज्यान गुमाएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव लिएर सदरमुकाम आउँदै गरेको से १ ज १८३ नम्बरको जिप दुर्घटना भएको हो । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर ५ जना घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप