विश्वभरका उत्कृष्ट १० पीसीटी फाइलर्समा ओपो समावेस

शन्चन । वर्ल्ड इन्टेलेक्चुअल प्रोपर्टी अर्गनाइजेशन (डब्लुआईपीओ)का अनुसार ओपो लगातार दोस्रो बर्ष अर्थात् सन् २०१९ र २०२०का लागि उत्कृष्ट १० प्याटेन्ट कोअपरेशन ट्रिटी (पीसीटी)मा पर्न सफल भएको छ ।
सन् २०२१ मार्च ३१ सम्ममा ओपोले ६१ हजार प्याटेन्ट्स फाइल गरी सकेको छ र ग्लोबल्ली २६ हजार प्याटेन्टको स्वामित्व कम्पनीको अधिनमा छ । ती मध्ये ८९% प्याटेन्ट एप्लिकेशन वा ५४ हजार यूटिलिटी प्याटेन्टस रहेका छन् ।
ओपो इन्टलेक्च्युअल प्रोपर्टीका वरिष्ठ निर्देशक एड्लर फेंगले भने, ‘विश्व आईपी दिवस, आम मानिसमा आईपी एसेट्स जोगाउन सचेतना जगाउनका लागि एउटा राम्रो अवसर हो । बृहत आईपी पोर्टफोलियोका साथ विकासको द्रुत गतिमा रहेको प्राविधिक कम्पनीका रुपमा ओपो भविष्यका लागि प्राविधिक अन्वेषण र विकासका निमित्त थप लगानी गर्न प्रतिबद्ध छ ।’
ओपोले आफू सञ्चालनमा रहेका ४० देश तथा क्षेत्रमा बौद्धिक सम्पत्तिको सम्मान तथा रक्षा गर्दै आफ्ना समग्र नयाँ सफलताहरुको समिक्षा गरी २१औँ वर्ल्ड इन्टलेक्च्युअल प्रोपर्टी (आईपी) दिवस मनाएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा