मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा थप एक संक्रमितको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, १६ : ०९
मङ्गलबार, २१ वैशाख २०७८

मकवानपुरको हेटौंडा अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । 
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले कोरोना संक्रमितहरुको उपचारका लागि संचालन गरेको कोभिड–१९ उपचारमा बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित अम्लेखगञ्जकी ५९ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. सागर काफ्लेले बताए । 

मृतक पुरुष मधुमेह र मृगौला सम्बन्धी रोगबाट पीडित रहेको र उपचारको लागि गत बैशाख १५ गते भर्ना भएको डा. काफ्लेले बताए ।

उनको १५ गते स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा १६ गते पुष्टि भएको र उपचारका कोभिड–१९ वार्डको एचडियु कक्षमा सारिएको डा. काफ्लेले बताए । 
यो संगै हेटौंडा अस्पतालमा मृत्यु कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप