शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा निषेधाज्ञामा थप कडाइ, बेलुकामा खाद्य पसल खोल्न नदिने निर्णय

मङ्गलबार, २१ वैशाख २०७८, १६ : ००
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ भने निषेधाज्ञालाई थप कडा बनाउने निर्णय भएको छ । जसअनुसार अब बेलुकाको समयमा खाद्य पसल र डिपार्टमेन्टल स्टोरहरू सञ्चालन गर्न दिइने छैन । 

अब साँझ किराना र डिपार्टमेन्ट स्टोर खोल्न नदिने निर्णय गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए । उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप