बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ट्वीटरले अकाउन्ट सस्पेन्ड गरेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया

मङ्गलबार, २१ वैशाख २०७८, १५ : ५२
मङ्गलबार, २१ वैशाख २०७८

बलिउड फिल्म अभिनेत्री कंगना रनौतले आफ्नो ट्वीटर अकाउन्ट सस्पेन्ड भएपछि कडा प्रतिक्रिया जताउँदै ट्वीटरले यस्तो गरेर उनकै कुरा पुष्टि गरेको बताएकी छिन् ।

कंगनाले एक बयान जारी गर्दै भनिन्, ‘ट्वीटरले मेरै पक्षलाई प्रमाणित गरिदिएको छ कि ऊ अमेरिकी हो र एक गोरा व्यक्तिले जन्मजात नै गहुँगोरा व्यक्तिलाई आफ्नो दास बनाउनुलाई आफ्नो अधिकार सम्झन्छ । उसले तपाईंलाई बताउन चाहन्छ कि तपाईंले के सोच्ने। बोल्ने र गर्ने ।’

 


 

उनी थप्छिन्, ‘ तर सौभाग्यले मसँग सिनेमासमेत थुप्रै प्लेटफर्म छन् जसको प्रयोग म आफ्नो आवाज उठाउनका लागि गर्न सक्छु । तर मेरो मन यो देशका ती मानिसहरुबारे दुःखी छ जसलाई यातना दिइएको छ, जसलाई दास बनाइएको छ र जसलाई हज्जारौं वर्षदेखि दबाएर राखिएको छ र अहिले पनि जसको दुःखको कुनै अन्त्य छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप