शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका शीर्ष नेताहरुको बैठक जारी

मङ्गलबार, २१ वैशाख २०७८, १५ : ५०
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । वर्तमान राजनीतिक सन्दर्भमा काँग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुको बैठक जारी छ ।

काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजेदेखि बैठक जारी रहेको हो ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको विश्वासको मत लिने निर्णय र लुम्बिनी प्रदेशका सन्दर्भमा बैठकमा छलफल भइरहेको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका देउवाले आज पदाधिकारीसँग गरेर प्रधानमन्त्रीको विश्वासको मतबारे 
आवश्यक रणनीति बनाउन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप