अन्तरिक्ष प्रतिष्ठान नेपालका टोलीलाई छात्रवृत्ति स्वरुप सानिमा बैंकको ५ लाख प्रदान
काठमाडौं । सानिमा बैंकले अन्तरिक्ष प्रतिष्ठान नेपाललाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपालको विद्यार्थीहरूबाट नेपालमै निर्मित पहिलो स्याटेलाइट ‘नेपाली स्याट–२’ अन्तरिक्षमा प्रक्षेपण गर्ने उद्देश्यका साथ अन्तरिक्ष प्रतिष्ठान नेपालले सरकारी (नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान) र गैरसरकारी संस्थासँगको सहकार्यमा नेपालका विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सो सम्बन्धी तालिम तथा ज्ञान उपलब्ध गराउँदै आइरहेको छ । सो टोलीलाई नेपालका पहिलो अन्तरिक्ष ‘नेपाली स्याट–२’ को निर्माण÷प्रक्षेपण टोलीका प्रोजेक्ट म्यानेजर डा. आभास मास्केले ‘ड्रिम प्रोजेक्टको’ रुपमा नेतृत्व गर्दै आएका छन् ।
कक्षा १० देखि १२ सम्म सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सन् २०२३ सम्म ‘नेपाली स्याट–२ विद्यालय’ नामक स्याटेलाइट निर्माणका लागि एउटा टिम निर्माण गर्ने जनाएका छन् ।
जस अन्तर्गत बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘नेपाली स्याट–२’ मा संलग्न दुई जनालाई अन्तरिक्ष निर्माण÷प्रक्षेपणका विषयमा तालिम र प्रशिक्षणका लागि सहयोग स्वरुप छात्रवृत्तिको प्रदान गरेको जनाएको छ ।
देशभित्र विज्ञान तथा प्रविधिको अन्वेषण तथा विकासको लागि सहयोग स्वरुप अन्तरिक्ष प्रतिष्ठान नेपालका संस्थापक डा.आभास मास्केलाई सो रकम उपलब्ध गराइएको बैंकले जनाएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपालले सन् २०५० सम्म नेपालको तर्फबाट अन्तरिक्षमा मानव प्रक्षेपण गर्ने लक्ष्य लिएको संस्थापक डा. मास्केले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै