आईटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालका लागि अपरिहार्यः विलियम, सीईओ हुवावे नेपाल

काठमाडौं । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आईटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालका लागि अपरिहार्य अंश भएको बताएका छन् ।
काठमाडौंमा सम्पन्न आईसीटी सप्ताह २०२१ को अवसरमा भएको वेभिनार कार्यक्रममा बोल्दै सीईओ झाङले डिजिटल नेपालका लागि आईटी इन्फ्रास्ट्रक्चरको विकासमा जोड दिए । कार्यक्रममा उनले सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप हुवावे नेपालको यस योजनामा योगदान गर्न प्रतिवद्ध रहेको बताए ।
सीईओ विलियमले नेपाललाई फाइभ जी क्लबका सामेल भएकोमा बधाई पनि दिएका छन् । उनले हुवावे एक अग्रणी फाइभ जी टेक्नोलोजी विक्रेताको रुपमा उद्योगहरूसँग साझेदारी गर्न पनि तयार रहेको बताए । साथै नेपालमा देखिएको कोरोना महामारीको दोस्रो लहरमा आर्थिक सहयोग गर्न पनि हुवावे तयार रहेको सीईओ विलियमले बताए ।
कोभिड –१९को महामारीले डिजिटल नेपाल निर्माणको अपरिहार्यता प्रष्ट पारेको पनि उनले बताए । यो अवस्थामा नेपालको आईसीटी क्षेत्रमा हुवावेले निरन्तर काम गरिरहेको र आईसीटी पूर्वाधार निर्माण गर्दै ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न मद्दत गरेको बताए ।
उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र डाटा सेन्टर सहित सबै टेलिकम अपरेटरहरु, आईएसपीहरु, सरकार र नेपालका सबै आईसीटी सरोकारवालाहरुसँग हुवावे सहकार्यका लागि तयार रहेको उनले बताए । उनले स्पेक्ट्रमको उपयोगमा सुधार, अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउनको लागि अधिक ब्रोडब्यान्ड प्रदायकसँग सहकार्य, दुर्गम क्षेत्रमा टावर निर्माण गर्न अपरेटरहरू र सरकारी कोष बीच साझेदारी गर्ने, ब्रोडब्यान्ड इन्टरनेट एमबीबी र एफबीबीको सुधार गरी प्रयोगकर्तामा पुर्याउन सघाउने लगायतको योजना अगाडि सारेका छन् ।
कार्यक्रममा युएनसीडीएफका क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर (आईडीईएस)को बारे जानकारी दिए । क्यान फेडेरेशनका नारायण थापाले नेपालमा आईसीटीको विकासका लागि भिजन प्रस्तुत गरे । त्यसैगरी, उद्योग वाणिज्य महासंघका प्रतिनिधि मंगेश लाल श्रेष्ठले आईसीटीको विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरे ।
त्यसैगरी, काठमाडौं विश्वविद्यालयका मनिष पोखरेलले महामारीको क्रममा र यसपछिको अवस्थामा शिक्षामा आईसीटीको भूमिकाका बारेमा बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति