केन्द्रीय संस्करण

आईटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालका लागि अपरिहार्यः विलियम, सीईओ हुवावे नेपाल

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

काठमाडौं । हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङले आईटी इन्फ्रास्ट्रक्चर डिजिटल नेपालका लागि अपरिहार्य अंश भएको बताएका छन् ।

काठमाडौंमा सम्पन्न आईसीटी सप्ताह २०२१ को अवसरमा भएको वेभिनार कार्यक्रममा बोल्दै सीईओ झाङले डिजिटल नेपालका लागि आईटी इन्फ्रास्ट्रक्चरको विकासमा जोड दिए । कार्यक्रममा उनले सस्तो मूल्यमा गुणस्तरीय दूरसञ्चार सेवाको गति बढाउने सरकारको योजना अनुरुप हुवावे नेपालको यस योजनामा योगदान गर्न प्रतिवद्ध रहेको बताए ।

सीईओ विलियमले नेपाललाई फाइभ जी क्लबका सामेल भएकोमा बधाई पनि दिएका छन् । उनले हुवावे एक अग्रणी फाइभ जी टेक्नोलोजी विक्रेताको रुपमा उद्योगहरूसँग साझेदारी गर्न पनि तयार रहेको बताए । साथै नेपालमा देखिएको कोरोना महामारीको दोस्रो लहरमा आर्थिक सहयोग गर्न पनि हुवावे तयार रहेको सीईओ विलियमले बताए ।

कोभिड –१९को महामारीले डिजिटल नेपाल निर्माणको अपरिहार्यता प्रष्ट पारेको पनि उनले बताए । यो अवस्थामा नेपालको आईसीटी क्षेत्रमा हुवावेले निरन्तर काम गरिरहेको र आईसीटी पूर्वाधार निर्माण गर्दै ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न मद्दत गरेको बताए ।

उच्च गुणस्तर, फराकिलो कभरेज र किफायती ब्रोडब्यान्ड कनेक्टिभिटी र डाटा सेन्टर सहित सबै टेलिकम अपरेटरहरु, आईएसपीहरु, सरकार र नेपालका सबै आईसीटी सरोकारवालाहरुसँग हुवावे सहकार्यका लागि तयार रहेको उनले बताए । उनले स्पेक्ट्रमको उपयोगमा सुधार, अन्तर्राष्ट्रिय ब्यान्डविथको लागत घटाउनको लागि अधिक ब्रोडब्यान्ड प्रदायकसँग सहकार्य, दुर्गम क्षेत्रमा टावर निर्माण गर्न अपरेटरहरू र सरकारी कोष बीच साझेदारी गर्ने, ब्रोडब्यान्ड इन्टरनेट एमबीबी र एफबीबीको सुधार गरी प्रयोगकर्तामा पुर्याउन सघाउने लगायतको योजना अगाडि सारेका छन् । 

कार्यक्रममा युएनसीडीएफका क्रिस्टोफर वोल्फले नेपालमा समावेशी डिजिटल अर्थव्यवस्था स्कोर (आईडीईएस)को बारे जानकारी दिए । क्यान फेडेरेशनका नारायण थापाले नेपालमा आईसीटीको विकासका लागि भिजन प्रस्तुत गरे । त्यसैगरी, उद्योग वाणिज्य महासंघका प्रतिनिधि मंगेश लाल श्रेष्ठले आईसीटीको विकास र डिजिटल अर्थतन्त्रका लागि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरे ।

त्यसैगरी, काठमाडौं विश्वविद्यालयका मनिष पोखरेलले महामारीको क्रममा र यसपछिको अवस्थामा शिक्षामा आईसीटीको भूमिकाका बारेमा बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.