बिहारमा मे १५ सम्म लकडाउन

एजेन्सी । बिहारका मुख्यमन्त्री नितीशकुमारले राज्यमा पूर्ण लकडाउन हुने जानकारी दिएका छन् । उनले मे १५ सम्म पूर्ण लकडाउनको घोषणा गर्ने तयारी भैरहेको बताएका हुन् । यसबारे पूर्ण दिशानिर्देशन मंगलबार बस्ने संकट व्यवस्थापन समूहको बैठकले गर्ने उनले बताएका छन् । कोरोना संक्रमणको जोखिम उच्च हुँदै गएपछि भारतीय मेडिकल एसोसिएसन, पटना एम्सका चिकित्सकहरु, सिआइटी लगायतले तत्काल लकडाउन घोषणा गर्न माग गरिरहेका थिए । पटना उच्च अदालतले सोमबार यो मुद्दाका विषयमा सरकारसँग जवाफ मागेको थियो । मुख्यमन्त्री नितिशकुमारले आज संकट व्ववस्थापन समूहको बैठक बोलाएका छन् ।
यो बैठकबाट लकडाउनका लागि विस्तृत निर्देशन दिने तयारी छ । जागरण डटकमका अनुसार बिहारमा पछिल्ला दिन दैनिक १३ देखि १५ हजार नयाँ संक्रमितहरु देखिइरहेका छन् । सोमबार मुख्यमन्त्री नितिशकुमारले कोरोना संक्रमणको अवस्थाबारे बुझ्न उच्चस्तरीय बैठक बैठक बोलाएका थिए । बैठकमा उनले स्थानीय प्रशासन र प्रहरीलाई कोभिड प्रोटोकललाई कडाईका साथ पालना गराउन निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाने होइन त सिजनको फल ? (तस्बिरहरू)
-
दूधमा छोकडालाई उमालेर पिउँदा हुन्छन् यस्ता फाइदा
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण