सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न इबानको माग
काठमाडौं । अनलाइन विजनेश सपिङ्ग पोर्टल तथा ई–वाणिज्य, होम डेलिभरी प्रदायक कम्पनीहरुको छाता संगठन ई–विजनेश एसोसिएसन नेपाल (इबान) ले निषेधाज्ञाको समयमा पनि सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न सरकारसँग माग गरेको छ ।
पछिल्लो पुस्ताको भरपर्दो र प्रभावकारी अनलाइन सेवा, अन्तर्राष्ट्रिय प्रयोगलाई समेत ध्यानमा राख्दै लकडाउनमा सहज आपूर्तिको उत्तम विकल्पको रुपमा यस्तो सेवालाई निरन्तरता दिन इबानले माग गरेको छ । विविध शंकाको रुपमा होम डेलिभरी सेवामाथि धरपकड नगर्न समेत इबानले माग गरेको छ ।
गत वर्ष लकडाउनका बेलामा विभिन्न बहानामा होम डेलिभरी सेवामा खटिएका कर्मचारीहरूमाथि सुरक्षा निकायले ज्यादती गरेको भन्दै इबानले यसपटक त्यस्तो नगर्न अपिल गरेको छ । त्यसो त इबानले सबै ई–व्यापार र विशेष गरी ई–बाणिज्य र होम डेलिभरी कम्पनीहरुको प्रतिनिधित्वसहित गतसाता उच्च सुरक्षा नीति सुनिश्चित गर्दै समग्र होम डेलिभरी कसरी गर्ने भन्नेबारे योजनासहित कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख (सीडीओ) र अन्य मन्त्रालयहरूमा समेत ज्ञापनपत्र बुझाइसकेको छ ।
निषेधाज्ञाको समयमा यस्तो सेवाले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहयोग पुर्याउनुका साथै आम उपभोक्ताको आवश्यकता सहज परिपूर्तिमा समेत सहयोग पुग्ने इबानले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले विश्व व्यापारमा अपेक्षित लाभ लिन सकेन : मन्त्री भण्डारी
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन