‘कोभिड–१९ उपत्यका संयोजन समिति’ गठन
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले ‘कोभिड–१९ उपत्यका संयोजन समिति’ (सिभिसिसी) गठन गरेको छ ।
कोडिभ–१९ महामारीले प्रदेश अन्तर्गतका पत्रकार तथा सञ्चारकर्मीमा पारेको प्रभावको विश्लेषण, कोभिड संक्रमित पत्रकारलाई राहत तथा उपचारको समन्वय लगायतको कार्य गर्न सो समिति गठन गरिएको महासचिव टेनिस रोकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपत्यका प्रदेशले अध्यक्ष श्रीजन झाको संयोजक रहने गरी महासचिव टेनिस रोका, सचिव रोशन पाण्डे र सदस्य विष्णु निश्चलसहित तीन जिल्लाका अध्यक्षहरु सदस्य रहेको सिभिसीसी गठन गरिको हो ।
महासंघले कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै ‘उपत्यका प्रदेश पत्रकार कोभिड राहत कोष’ पनि गठन गर्ने निर्णय गरेको छ ।
कोषाध्यक्ष अर्जुन पन्त संयोजक र सदस्यहरुमा रत्न श्रेष्ठसहित तीन जिल्लाका कोषाध्यक्ष रहने गरी कोष स्थापना गरिएको हो । कोषमा जम्मा हुने रकम मापदण्ड बनाएर हस्पिटलमा भर्ना भएका कोभिड संक्रमित श्रमजीवी पत्रकारहरुलाई उपलब्ध गराइने महासचिव रोकाले जानकारी दिए ।
सोहीबारे निर्णय लिन सोमबार बसेकाे बैठकले सञ्चार गृहहरुलाई श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सेवा सुविधा नियमित गराउन अनुरोध गर्दै कोरोनाको बहानामा जबरजस्ती निष्कासित नगर्न र बिदामा नराख्न आग्रह गर्ने निर्णय भएको महासंघको आग्रहलाई बेवास्ता गर्दै नियमित सेवा सुविधा उपलब्ध नगराइए, निष्कासित वा बिदामा राखिएको पाइएमा आन्दोलनमा जाने निर्णय पनि गरेको छ ।
उपत्यका प्रदेशले फिल्डमा खटिने पत्रकारहरुलाई सरल र सुलभ तरिकाले पिसिआर टेस्ट, कोभिड विरुद्धको खोप र स्वास्थ्य र सुरक्षा सामग्री उपलब्ध गराउन सरकारसँग माग पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा