शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, १२ : १८
मङ्गलबार, २१ वैशाख २०७८

सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । 

उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।  

सप्तकोशी नगरपालिकास्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । 

उनी उच्च रक्तचापबाट पीडित भएको  प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप