केन्द्रीय संस्करण

आईपीएलका बाँकी सबै खेल मुम्बईमा आयोजना गर्ने तयारी

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

कोरोना महामारीलाई मध्यनजर गर्दैइन्डियन प्रिमियर लिग-२०२१ (आईपीएल)का बाँकी सबै प्रतिस्पर्धाहरू मुम्बईमा आयोजना गर्ने तयारी गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नजिकको स्रोतका अनुसार अहिले यसका लागि आवश्यक तयारी हुँदैछ । सोमबार कोलकाता नाइट राईडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखिएपछि आईपिएलमा हंगामा मच्चिएको थियो । त्यसयता, कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको म्याच स्थगित भएको थियो । 

बीसीसीआईका अधिकारीहरुका अनुसार यसै साताको अन्त्यदेखि नै आईपिएलका खेल मुम्बईमा सुरु हुनसक्छन् । अर्थात्, कोलकाता र बैंगलोरमा खेल हुनेछैन । त्यस्तै प्लेअफसहित फाइनल प्रतिस्पर्धा यसअघि तय भएको स्थल अहमदावादमा हुनेछैन । यी सबै खेल मुम्बईमै हुनेछन् । यद्यपी, यसबारे अन्तिम फैसला आउनै बाँकी छ । 

बीसीसीआईको यस योजनाअन्तर्गत ८ या  ९ मेईदेखि आईपिएलका सबै प्रतिस्पर्धा मुम्बईका तीन रंगशालामा आयोजना हुनसक्छन् । वानखेडे, ब्रेबन र डिवाई पटिल रंगशालमा खेल हुनेछन् । वानखेडेमा यसअघि नै सिजनमा १० वटा म्याच आयोजना भइसकेका छन् ।  

मुम्बईमा खेल आयोजना हुने भएसँगै आईपिएलको खेल तालिका पनि हेरफेर हुनसक्छ । फाइनल खेल ३० मेईको साटो जूनको पहिलो साता आयोजना हुनसक्छ । 

वर्ल्ड टेस्ट च्याम्पियनसिपको कार्यक्रम पनि फेरिनसक्छ 

यदी आईपिएल जुनको पहिलो सातासम्म लम्बियो भने १९ देखि २२ जुनसम्म इङल्यान्डमा आयोजना हुने वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको कार्यक्रम पनि फेरिनसक्छ । अहिलेसम्म इङल्यान्डले भारतमाथि भ्रमण प्रतिबन्ध लगाइरहेको छ । यदी यसमा छुट दिइयो भने पनि खेलाडीहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने हुन्छ । त्यसकारण, आईपिएल जुनको पहिलो सातासम्म लम्बियो भने फाइनल खेल १८ जुनमा आयोजना गर्न संभव हुनेछैन । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.