पर्सामा एकको मृत्यु, १ सय १५ संक्रमित थपिए
मङ्गलबार, २१ वैशाख २०७८, १२ : ०१
पर्सामा कोरोना संक्रमणबाट थप एक जना पुरुषको मृत्यु भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजको कोभिड अस्पतालमा उपचाररत पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।
वैशाख ७ गते कोराना संक्रमण पुष्टि भएपछि उनमा श्वासप्रश्वासको समस्या देखिएपछि शनिबार मात्रै अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जनाए ।
यता नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १ सय ९२ जनामध्ये १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि अस्पतालले जनाएको छ ।
ती संक्रमित मध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताए ।
यस्तै बाराका २४ र रौतहटका ४ जना संक्रमित रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?