शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंशले गीतमार्फत दिए कोरोनाबाट बच्न सन्देश

मङ्गलबार, २१ वैशाख २०७८, ११ : ५४
मङ्गलबार, २१ वैशाख २०७८

काठमाडौं । यति बेला देशमा जताततै कोरोनाको हाहाकार छ । कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशको बिभिन्न भागमा लकडाउन गरेको छ ।
यस्तैमा बरिष्ठ कलाकार हरिवंश आचार्यले कोरोनाबाट बच्नका लागि सर्वसाधारणमा गीत मार्फत सन्देश दिएका छन् । उनले ‘अर्काे जुनी खै कुन्नि कसलाई थाहा छ र खै, यो जुनीमा कोरोनाबाट बचौँ है’ बोलको एक छोटो गीत सार्वजनिक गर्दै कोरोनाबाट बच्न सचेत गरेका छन् ।

आचार्यको गीतमा मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, सेनिटाइजर प्रयोग गर्न र हात धुन समेत सुझाइएको छ ।
सानो भुलले कोराना सर्ने र बालक बृद्धलाई गाहे पर्ने समेत गीतमा उल्लेख गरेका आचार्यले उपचारको लागि अस्पतालमा ठाउँ नभएकोले छटपटिएर बस्नु भन्दा बेलैमा सचेत रहन समेत गीतमा आग्रह गरेका छन् ।

आचार्य पनि पहिलो लहर क्रममा कोरोनामा संक्रमित भएका थिए । संक्रमित हुँदाको पिडा र समस्या राम्ररी आचार्यले बुझेका छन् । ‘सर्वसाधारण कोरोना संक्रमित भए समस्या र पीडामा पर्नु नपरोस् भनेर आफुले सन्देश मुलक गीत बनाएको हो’ आचार्य भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप