सरकारलाई खर्च गर्न पैसाको अभाव छैन : महालेखा
![सरकारलाई खर्च गर्न पैसाको अभाव छैन : महालेखा](https://rpcdn.ratopati.com/media/albums/mahalekha_y4XVFzAxJP.jpg)
निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो ।
महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले सरकारी खातामा पैसाको समस्या नभएको बताएका छन् । उनका अनुसार सरकारसँग अझै ९५ अर्बभन्दा बढी रकम मौज्दात छ । वैशाख १७ गतेसम्म कूल आम्दानी ८ खर्ब ५४ अर्ब छ भने खर्च ७ खर्ब ५८ अर्ब भएको छ ।
औसतमा सरकारको दैनिक खर्च ९ अर्ब रुपैयाँ हुने गरेको महालेखाले जनाएको छ । तर ठूलो भुक्तानी गर्नुपर्ने बेला र दशैँको भत्ता वितरणमा भने दोब्बर खर्च हुने गरेको छ ।
यसअघिको लकडाउनका कारण सरकारको ढुकुटी चापमा परेको थियो । तर अहिले निषेधाज्ञा भएकाले सिमित क्षेत्रहरु स्वास्थ्य मापदण्ड अपनाएर खुला गर्न पाइने भएपछि सरकारको ढुकुटीमा चाप पर्न पाएको छैन ।
यसअघि समाचारमा अन्यथा फोटो पर्न गएकाले सच्याइएको छ-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार