
बलात्कार मुद्दामा पूर्व डिएसपी खिउजुलाई सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाल प्रहरीका पूर्व डिएसपी राजकुमार खिउजुले सफाइ पाएका छन् । जिल्ला अदालत ललितपुरले उनलाई सफाइ दिएको हो ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश देवकुमार गिरीको इजलासले खिउजुमाथि लगाइएको अभियोगमा दाबी नपुग्ने ठहर गरेको छ । जिल्ला अदालत ललितपुरका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेयले पूर्व डिएसपी खिउजुले सफाइ पाएको जानकारी दिए । श्रेस्तेदार पाण्डेयले भने–‘सफाइ भएको छ तर, फैसलाको पूर्णपाठ तयार भैसकेको छैन् ।’
महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत रहँदा खिउजुले पुलिस रिपोर्ट बनाउन गएकी एक युवतीलाई बलात्कार गरेको आरोप लागेको थियो । ०७५ माघ ३० मा ललितपुर महांकाल घर भएकी २१ वर्षीया युवतीले आफुलाई खिउजुले कार्यकक्षमा नै बलात्कार गरेको आरोप लगाएर उजुर गरेकी थिइन् ।
बलात्कारको जाहेरी दर्ता भएपछि भागेका खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले ०७६ फागुन २१ मा पक्राउ गरेको थियो । अदालतको आदेशले उनलाई पुर्पक्षका लागी थुनामा राखिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ