बिल गेट्सको डिभोर्स
माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् ।
बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्छ । यस मिसनमा हाम्रो अहिले पनि एकै सोच छ र मिलेर काम गर्नेछौं । यद्यपी, हामीलाई आगामी समय पती–पत्नीका रुपमा बिताउन सक्छौँ जस्तो लागेको छैन । त्यसैले आफ्नो जीवनको नयाँ सुरुवात गर्न जाँदैछौं ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बिल गेट्स र मेलिन्डाबीच पहिलो भेट १९८७ मा भएको थियो । १९९४ मा उनीहरुले विवाह गरेका थिए । विश्वकै धनी व्यक्तिमध्येका एक बिल गेट्स आफ्नो समाजसेवाका लागि पनि प्रख्यात छन् ।
— Bill Gates (@BillGates) May 3, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण