बिल गेट्सको डिभोर्स

माइक्रोसफ्टका संस्थापक ६५ वर्षीय बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले डिभोर्स गर्ने घोषणा गरेका छन् । विवाहको २७ वर्षपछि उनीहरुले डिभोर्स घोषणा गरेका हुन् । जीवनको आगामी चरणमा अब एकसाथ अघि बढ्न नसक्ने उनीहरुले बताएका हुन् ।
बिल र मेलिन्डाले सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै सोच–विचार र आपसी छलफलपछि यस्तो निर्णय लिइएको जनाएका छन् । ‘पछिल्ला २७ वर्षमा हामीले तीन बच्चालाई हुर्काएका छौं । हामीले एउटा परोपकारी फाउन्डेशन पनि बनाएका छौं, जसले विश्वभरका मानिसको स्वास्थ र राम्रो जीवनका लागि काम गर्छ । यस मिसनमा हाम्रो अहिले पनि एकै सोच छ र मिलेर काम गर्नेछौं । यद्यपी, हामीलाई आगामी समय पती–पत्नीका रुपमा बिताउन सक्छौँ जस्तो लागेको छैन । त्यसैले आफ्नो जीवनको नयाँ सुरुवात गर्न जाँदैछौं ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
बिल गेट्स र मेलिन्डाबीच पहिलो भेट १९८७ मा भएको थियो । १९९४ मा उनीहरुले विवाह गरेका थिए । विश्वकै धनी व्यक्तिमध्येका एक बिल गेट्स आफ्नो समाजसेवाका लागि पनि प्रख्यात छन् ।
— Bill Gates (@BillGates) May 3, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’