बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुग्यो

मङ्गलबार, २१ वैशाख २०७८, ०९ : ५२
मङ्गलबार, २१ वैशाख २०७८

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।  

सोमबार कन्चनपुरका ६,कैलालीका ५,बझाङ्गमा २,दार्चुलाका १ जना कोरोना संक्रमितको मृत्युपछि प्रदेशमा मृत्यु हुनेको संख्या १२६ पुगेको हो ।

यसअघि अछाममा २,बैतडीमा ४, बझाङ्गमा ३, बाजुरामा २ , डडेल्धुरामा ४, दार्चुलामा २, डोटीमा १, कैलालीमा ४९, कञ्चनपुरमा २० र अन्य जिल्ला ३९ जना मृत्यु भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले  जानकारी दिए । 

यसैगरी बितेको २४ घण्टामा बिभिन्न अस्पतालबाट थप २०१ जनामा कोरोना संक्रमण पुस्टि भएपछि सकृय संक्रमितको संख्या १६ हजार ६९० पुगेको छ । 

कैलालीका १ हजार २४६,कन्चनपुरका ३८१ , अछामका ३९, बैतडीका १९७, बझाङ्गमा ४४, बाजुराका २, डडेल्धुराका १३८, डोटीका  १८३ र अन्य जिल्लाका ९ जनामा संक्रमण पुस्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको  हो । 

यो संगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि २ हजार ३९२ पुगेको छ । सेती प्रादेशिक अस्पतालबाट ६ सय ४९ टिकापुर ३ सय ४८,डडेल्धुरा ३ सय १७, दार्चुला १२, बैतडी ३८, बझाङ्ग ३१, जिल्ला अस्पताल अछामबाट १००,डोटी,१४८, बाजुरा २१, बयलपाटा अस्पतालबाट ७३, गोकुलेश्वर अस्पतालबाट १५ रहेको कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप