बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु

मङ्गलबार, २१ वैशाख २०७८, ०९ : ४६
मङ्गलबार, २१ वैशाख २०७८

हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ बस्ने ४१ वर्षकी महिला रहेको हेटौंडा अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार साँझ ५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी उनको मंगलबार विहान ४ बजेको समयमा मृत्यु हेटौंडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. प्रविण श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको लक्षण देखिएपछि मृतक महिलाले सोमबार बिहान पिसिआर परिक्षणका लागि हेटौंडा अस्पतालको ल्याबमा स्वाब दिएर घर गएको र पछि स्वास प्रश्वासमा समस्या पछि उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना भएकी थिइन् ।

उनको इमर्जेन्सी वार्डमा नै हाइ फ्लो अक्सिजनको सहायतामा उपचार भइरहेको थियो । डा. श्रेष्ठले बताए ।

उनको मृत्यु पश्चात पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा .श्रेष्ठले बताए ।

यो संगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा ४ जनाको मृत्यु भइसकेको छ । 

यस अघि आइतबार राति हेटौंडा उपमहानगरपालिका १ निवासी ५५ वर्षिया कोरोना संक्रमित पुरुषको मृत्यु भएका थियो भने सोमबार बिहान बाराका एक पुरुष र महोत्तरीको महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप