केन्द्रीय संस्करण

साइकलमा गस्ती गर्ने क्रममा चट्याङ लागेर प्रहरी चौकी इन्चार्जको मृत्यु

person explore access_timeबैशाख २१, २०७८ chat_bubble_outline0

झापा । सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्।

साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए। 

घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। 

रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.