पिएसजी भर्सेस म्यानचेस्टर सिटी : अवसर गुमाउन नहुने गार्डीओलाको तर्क
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डीओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन् । सिटीले सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा मंगलबार पेरिस सेन्ट जर्माइन (पिएसजी) को सामना गर्दैछ र यस खेल बराबरीमा रोकिए वा पिएसजी १–० ले विजयी भएको अवस्थामा पनि सिटी नै फाइनल पुग्नेछ ।
पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको घरेलु मैदानमा २–१ ले हराएको थियो । सिटीका तर्फबाट केभिड डुु ब्रुयाने र रियाद महरेजले गोल गरेका थिए । यस अग्रताका कारण सिटीको मनोबल उच्च छ ।
यद्यपी आफ्ना खेलाडीहरु संयमित भएर मैदान उत्रनुपर्ने गार्डीओला बताउँछन् । ‘खेलाडीहरुले यो ठूलो लडाइँ हो भनेर बुझ्न जरुरी छ । मलाई लाग्छ उनीहरुले निकै सम्हालिएर खेल्नेछन् ।’
पिएसजी निकै कठिन प्रतिस्पर्धी भएको उनले बताए । यद्यपी, प्रिमियर लिगमा सिटीले हरेक खेलमा यस्तै कठिन प्रतिद्वन्द्वी सामना गर्नुपरेको अनुभव पनि उनले सुनाए ।
२०१६ यता पेप गार्डीओल म्यानचेस्टर सिटीको प्रशिक्षक छ । उनको प्रशिक्षणमा सिटीले दुईपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ र अहिले तेस्रो उपाधिको संघारमा छ । तर, सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन् । अहिलेसम्म सिटी फाइनलमा पनि पुग्न सकेको छैन ।
गार्डीओलालेले बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिग जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा