कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालियो
सोमबार, २० वैशाख २०७८, २२ : ३२
काठमाडौं । शवदाह गृह अपुग भएपछि कोभिड सङ्क्रमितका शव बागमती किनारमा जलाउन थालिएको छ ।
संक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापन गर्दै आएको सुरक्षाकर्मीको टोलीले सोमबार बागमती किनारमै शव जलाएको छ । पशुपति क्षेत्र विकास कोषका एक सदस्यका अनुसार शवदाह गृहले धान्न नसकेपछि शव बागमती किनारमा जलाइएको हो ।
उनले शवदाह गृहमा समस्या समेत आएको जानकारी दिए । लामो समय पालो कुर्नुपर्ने भएपछि शवदाह गृह नजिकैको बागमती नदी किनारमा शव जलाइएको उनले बताए । आज मात्रै एक दर्जन शव यसरी जलाइएको उनको भनाइ छ । उपत्यकामा कोभिडबाट मुत्यु भएका शवलाई नेपाली सेनाले पशुपतिस्थित विद्युतीय शव दाह गृहमा व्यवस्थापन गर्दै आएको छ । तस्वीरः रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा पेस हुने चलचित्र विधेयकमा के छ ?
-
शिक्षकहरूको आन्दोलन नरोकिए कक्षा १२ को परीक्षा रोकिने
-
२५ करोड प्रकरण : ट्रक चालक लामा पुर्पक्षका लागि कारागार चलान
-
कार्य सम्पादनलाई पारदर्शी बनाउन मन्त्री दाहालको निर्देशन
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ