शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा थप २ सय ७९ जना कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

सोमबार, २० वैशाख २०७८, २० : ०७
सोमबार, २० वैशाख २०७८

जनकपुर । प्रदेश २ मा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९० महिला र १ सय ८९ पुरुष सहित २ सय ७९ जना कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल सप्तरी, सिरहा पीसीआर ल्याब, नोबेल अस्पताल, गौर अस्पताल रौतहट र नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट २ सय ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश– २ का वरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादव जानकारी दिए । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३७ पुगेको छ ।

कोरोना संक्रमित भएकामध्ये पर्सामा ९१, धनुषामा ७३, सप्तरीमा ३९, महोत्तरीमा २२, सिरहामा २०, रौतहटमा १७, बारामा ९, सर्लाहीमा ६ र अन्य प्रदेशका २ जना रहेका छन् ।  पछिल्लो २४ घण्टामा प्रदेशमा ४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमणबाट सप्तरीका २४ वर्षीय, सिरहाका ७५, ४८ र ६१ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसहित प्रदेशमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप