बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीको पीसीआर रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि मान्यता

सोमबार, २० वैशाख २०७८, १९ : ३२
सोमबार, २० वैशाख २०७८

काठमाडौं । काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको ल्याबमा गरिएको पीसीआर परीक्षण रिपोर्टलाई विदेश जाने प्रयोजनका लागि सरकारले मान्यता दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयमा बसेको आइसीएस बैठकले न्यूनतम १ सय बेड क्षमता भएका अस्पतालको पीसीआर ल्याबलाई विदेश जाने प्रयोजनको परीक्षण मान्यता दिने निर्णय गरेको छ । यो निर्णयसँगै केएमसीले पनि यसको मान्यता पाएको हो ।

बैंठकको निर्णयपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले विदेश जाने प्रयोजनका लागि गरिने पीसीआर परीक्षणको मान्यता प्रदान गरिएको भन्दै केएमसीलाई पत्र पठाएको अस्पताल अध्यक्ष डा.सुनिल शर्माले बताए ।

स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख डा.समिर कुमार अधिकारीले पठाएको पत्रमा विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउन केएमसीलाई भनिएको छ । डा.शर्माकै लगानीमा सञ्चालित विराटनगरको नोबेल शिक्षण अस्पतालले पनि यो मान्यता पाएको छ ।

यसअघि विदेश जानका लागि सरकारी ल्याबहरु सहित देशभरका ५ वटा निजी ल्याबको रिपोर्टलाई मात्र मान्यता दिइँदै आएको थियो । सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क २ हजार तोकेको छ । तर, केएमसीले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्दै आएको छ । केएमसीले पहिलेदेखिनै सरकारले तोकेको भन्दा न्यूनतम शुल्कमा पीसीआर परीक्षण गर्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप