शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः विद्युतीय सवारी सम्बन्धी राजश्व २०७८ स्वीकृत

सोमबार, २० वैशाख २०७८, १९ : २७
सोमबार, २० वैशाख २०७८

मकवानपुर । बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले विद्युतीय सवारी सम्बन्धी राजश्व २०७८ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।  मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले प्रदेशको प्रदेशको अस्पतालहरुमा आइसियु, भेन्टिलेटर, स्थापनाको लागि चाँडै बजेट उपलब्ध गराउने समेत निर्णय गरेको प्रदेश सरकार प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए । 

प्रदेशका जिल्ला अस्पतालहरुमा आइसियु कक्ष र भेन्टिलेटर कक्ष स्थापनाको लागि उच्च प्राथमिकताका साथ काम गरिने विषयमा बैठकमा छलफल भएको पनि प्रवक्ता ढुंगेलले बताए । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित मेडिकल शिक्षामा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई ७० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको पनि प्रवक्ता ढुंगेलले रातोपाटीलाई जानकारी दिए । 

बैठकमा कोरोना नियन्त्रण तथा रोकथामको लागि प्रदेश सरकारले जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा स्थापना भएका आइसोलेशन कक्षको विस्तार गर्ने पीपीई लगायतका स्वास्थ्य सामग्रीको पहुँचको विस्तार गरिने र चिकित्सकहरुलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने विषयमा समेत छलफल भएको प्रवक्ता ढुंगेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप