शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जीवाणुरहित सामानका लागि गोदरेजको भाइरोसिल्ड

सोमबार, २० वैशाख २०७८, १९ : २५
सोमबार, २० वैशाख २०७८

काठमाडौं । कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गएको बेला घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघ संस्थाहरुमा आफ्नो वरीपरी रहेका सामानहरुलाई जीवाणुरहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त हुने कम्पनीले जनाएको छ । 

२ देखि ६ मिनेट भित्रमा भाईरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सुक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ ।

भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याबलेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाइरोसिल्डमा विविध सरसामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्न नहुने कम्पनीले जनाएको छ ।

आईसीएमआर ल्याबद्वारा सर्टिफाइड अत्याधिक यूभी ट्यूव र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप