गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा २०३ जना संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले बाग्लुङमा सबैभन्दा बढी ७१ जना र पोखरामा ४६ सहित गण्डकीमा २०३ जनमा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार नयाँ संक्रमितहरुमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१,स्याङजामा १४, पर्वतमा ५, मनाङका ३, लमजुङ र तनहुँका २.२ जनामा रहेका छन् । गण्डकी प्रदेशमा आइतबार अहिलेसम्मकै धेरै ५७६ जनामा कोरोना संक्रमण देखिएको थियो । त्यसमध्ये पोखरामा मात्र ३६८ जना संक्रमित भेटिएका थिए ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छन् । त्यस्तै २४ घण्टामा प्रदेशभर ६३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ रहेको छ । हाल प्रदेशभर २ हजार १८३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय