शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारले अझै बोलाएन बजेट अधिवेशन

सोमबार, २० वैशाख २०७८, १८ : १८
सोमबार, २० वैशाख २०७८

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अब एक महिना पनि बाँकी छैन । तर, बजेटबारे छलफल हुने अधिवेशनको भने टुंगो छैन । पछिल्लो तरल राजनीतिका कारण अधिबेशनमा सरकारले जोड दिएको छैन ।

यद्यपि,अर्थ मन्त्रालयका अधिकारी भने अधिवेशन गर्न अझै ढिला नभइसकको बताउँछन् । अर्थकै एक अधिकारी गत वर्ष बैशाख २६ देखि बजेट अधिवेशन भएको आधारमा पनि बजेट अधिवेशन आह्वान गर्न ढिला भइनसकेको बताउँछन् । सरकारले बजेट पेश गर्नुपूर्व वार्षिक नीति तथा कार्यक्रम पेश गर्छ । यस आधारमा पनि बजेट अधिवेशन समयमै हुँदा यस विषयमा पर्याप्त छलफल हुन पाउने अधिकारीहरु बताउँछन् । 

यता अर्थमन्त्री विष्णु पौडेलले भने विभिन्न राजनीतिक दल, पेशागत संस्था लगायतसँग बजेटका विषयमा सुझाव लिएका छन् । कोरोना माहामारीका कारण यसपटक पनि स्वास्थ्य र पुनरुत्थानमा बजेट केन्द्रित हुनुपर्ने देखिएको छ । यहि कारण पनि अर्थमन्त्री पौडेलले मन्त्रालयलहरुलाई नयाँ कार्यक्रमको अपेक्षा नगर्न सम्झाउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप