प्रदेश २ का विभिन्न अस्पतालमा ४ सय १७ दरबन्दी थप्ने निर्णय
जनकपुर । प्रदेश २ सरकारले विभिन्न अस्पतालका रिक्त पदमा सयौंंको संख्यामा दरबन्दी थप्ने निर्णय गरेको छ । प्रदेश सरकारले विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ , प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर, मलंगवा, गौर र कलैयाका अस्पतालका लागी ३२ जनाका दरले दरबन्दी थप्ने निर्णय भएको छ । त्यस्तै लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागी १५–१५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
बैठकले कोरोना विशेष अस्पतालका लागि एनेस्थेसियोलोजिष्ट देखि लिएर स्वीपर सम्मको दरबन्दी थप गर्ने निर्णय गरेको छ । थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकताको आधारमा तुरुन्त नियुक्त गर्न सकिने व्यवस्था गरेको जनाइएको छ । बैठकले कोरोना महामारीको वस्तुगत अनुगमन गर्नका लागि प्रदेश सरकारका मन्त्रीहरुलाई जिम्मेवारी दिएको छ ।
सप्तरी जिल्लाका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागी आर्थिक मामिला तथा योजना विजय कुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागी उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय भएको छ । जिम्मेवारी तोकिएका मन्त्रीहरुले सम्बन्धि जिल्ला र प्रदेश सरकारका बीच कोरोना महामारी नियन्त्रणका लागि समन्वयको काम गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास