मकवानपुरका पुराना वामपन्थी नेता शर्माको निधन
हेटौंडा । मकवानपुरका पुराना वामपन्थी नेता तथा यातायात विज्ञ श्रीधर शर्माको निधन भएको छ । उनको आज उपचारका क्रममा पाटन अस्पतालमा निधन भएको नेपाल कम्युनिष्ट पार्टी(एमाले) मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । शिक्षक सङ्गठनका संस्थापकमध्ये एक शर्मा लामो समयदेखि रक्त अर्बुदरोगले ग्रसित रहेका थिए ।
एमाले नेता अनन्त पौडेल नेता शर्माको निधनले नेपाली कम्युनिष्ट आन्दोलनलाई ठूलो क्षति पुगेको बताउँछन् । “शर्मा शिक्षक आन्दोलन, तत्कालीन नेकपा मालेको खुला मोर्चाका नेता तथा नेकपा मालेका भूमिगत नेताहरुलाई आश्रय दिने हेटौंडाका मुख्य आश्रयदाता हुनुहुन्थ्यो । नेकपा (एमाले) का नेता, नेपालको यातायात क्षेत्रका विज्ञ आदरणीय श्रीधर शर्माको दुःखद् निधनको खबरले स्तब्ध भएको छु”, उनले भने, “आफ्नो अनुभव र ज्ञान सँधै अरुलाई हस्तान्तरण गरिरहने त्यो विलक्षण प्रतिभा आज अस्ताएको छ । नेकपा (एमाले) लाई अपूरणीय क्षति भएको छ ।”
राष्ट्रियसभाका सदस्य रामचन्द्र राईले नेता शर्माको निधनले आफूहरुलाई मर्माहत बनाएको बताए । स्व.शर्माका आमा, दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् । शर्माको पार्थिव शरीर अन्तिम संस्कारका लागि आज राति हेटौंडा ल्याइने पारिवारिक स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी