बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामापछि एमाले सांसद काँग्रेसमा प्रवेश

सोमबार, २० वैशाख २०७८, १७ : ३९
सोमबार, २० वैशाख २०७८

लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार प्रदेशसभा सदस्यबाट राजीनामा दिइएका सांसद पाण्डे ​ सोमबार एक कार्यक्रमका बीच काँग्रेस प्रवेश गरेका हुन् । उनलाई विपक्षी गठबन्धनमा सम्मिलित दलका नेताहरुले स्वागत गरेका थिए ।


उनलाई काँग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कानौडियाले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने सहमति भएको बताए ।

माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेर एमाले प्रवेश गरेपछि पदमुक्त भएका चन्द्रबहादुर खड्काको ठाउँमा गठबन्धनको समर्थनबाट उनलाई जिताउने कानौडियाले रातोपाटीलाई बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप