बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘द कपिल शर्मा शो’ फेम सुगन्धाले गरिन् विवाह

सोमबार, २० वैशाख २०७८, १७ : २४
सोमबार, २० वैशाख २०७८

मुम्बई । ‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो ।

सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन् । भिडियोमा सुगन्धा र संकेत एक अर्काेलाई वरमाला लगाउँदै गरेको देख्न सकिन्छ । वरमालापछि सुगन्धाको हात संकेतले चुमेका छन् । लुक्सको कुरा गर्ने हो भने सुगन्धा क्रिम कलरको लेहङ्गामा निकै प्यारी देखिएकी छन् । लेहङ्गाको साथ उनले  पिंक दोपट्टा समेत लगाएकी छन् । बेहुलीको भेषमा उनले रातो चुरा, मेहन्दी र भारी गहना समेत लगाएकी छन् । 
संकेतले भने लाइट ग्रीन कलरको शेरवानी र क्रिम कलरको पगडी लगाएका छन् ।

यी दुबैको भेट पहिलो पटक दुवईमा एक कमेडी शो सुटिङको दौरानमा भएको थियो । सोही समय साथी भएका उनीहरुलाई एकसाथ काम गर्ने मौका समेत मिलेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप