बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारी नियन्त्रणमा

सोमबार, २० वैशाख २०७८, १७ : ०५
सोमबार, २० वैशाख २०७८

 प्रहरीले सोमबार झापामा निषेधाज्ञा उल्लंघन गर्ने ५९८ सवारीसाधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये ५३६ वटा मोटरसाइकल र ६२ वटा चारपाङ्ग्रे सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । 

कोरोनाको संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले १९ गते मध्यरातबाट लागु हुने गरि निषेधाज्ञा जारी गरेको छ ।

 २६ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा अवधिभर जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरको नीजि तथा सार्वजनिक सवारीसाधन संचालन गर्न दिने भनेपनि आज बिजोर नम्बरको सवारीसाधन संचालन गरेकाले नियन्त्रणमा लिएको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक याम खड्काले जानकारी दिए ।

 पक्राउ परेका सवारीसाधन चालकलाई कोरोना भाइरस र निषेधाज्ञाको बिषयमा जानकारी गराएर आजै ५ बजेपछि जिम्मा लगाइने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप