बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महिला सांसदलाई दुव्यर्वहार गरेको भिडियो देखाउन डीआईजी धानुकको चुनौती

सोमबार, २० वैशाख २०७८, १५ : ४४
सोमबार, २० वैशाख २०७८

बुटवल । लुम्बिनी प्रदेशका महिला सांसदहरुले आफूहरुमाथि डीआईजी रवीन्द्र धानुकसहितका प्रहरी अधिकारीले हातपात र दमन गरेको आरोप लगाए । तर, लुम्बिनी प्रदेशका डीआईजी रवीन्द्र धानुकले भने सो आरोपको खण्डन गरेका छन् ।

सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी र गीता थापामाथि हातपात भएको कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले सोमबार पत्रकार सम्मेलनमा दाबी गरेकी थिइन् ।

​डीआईजी धानुकले भने महिला सांसदहरुको सो आरोप बनावटी कुरा भएको बताए । उनले भने, ‘रुपन्देहीका प्रजिअ र एसपीले कमाण्ड गरेका थिए, म ढोका खोलेर बाहिर निस्किएँ ।

उनका अनुसार प्रदेश प्रमुखको कम्पाउण्डमा सांसदहरु धर्नामा बसेपछि स्थिति नियन्त्रणमा लिन एसपी र प्रमुख जिल्ला अधिकारीले सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएका थिए ।

सांसद कुलप्रसाद केसी, सशस्त्र प्रहरीका डीआईजी ई.किशोर प्रधान र आफू सँगै रहेको बताउँदै धानुकले महिला प्रहरी परिचालन गरेर सांसदहरुलाई त्यहाँबाट हटाएको दाबी गरे । सांसद र महिला प्रहरीका बीचमा धकेलाधकेल हुँदा म गेट बाहिर थिएँ, अनि मैले कसरी दुव्यर्वहार गरेँ ? उनले भने, ‘मैले हातपात गरेको भिज्युअल पेश गर्न चुनौती दिन्छु ।

डीआईजी दर्जाको अधिकृतलाई महिला सांसदलाई हातपात गर्न हुँदैन भन्ने सामान्य जानकारी भएको बताउँदै धानुकले कांग्रेस सांसद क्षेत्रीले चर्चामा आउन अनावश्यक आरोप लगाएको दाबी गरे । त्यहाँ १ सय जना पत्रकार थिए, मैले हातपात गरेको भए भिडियो खिच्ने थिएनन् ? उनले भने, ‘आरोप लगाउनेले किन भिडियो बाहिर ल्याउन सकेका छैनन् ?

आफूले हातपात गरेको भए सामाजिक सञ्जालमा भिडियो भाइरल भइसक्ने उल्लेख गर्दै धानुकले अनर्गल प्रचार नगर्न महिला सांसदहरुलाई आग्रहसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप